शेयर बजारमा ४१ अंकको गिरावट
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजारमा ४१ अंकको गिरावट आएको छ।
आज नेप्से परिसुचक ४१.७८ अंकले घटेर २८३३.५७ बिन्दुमा झरेर रोकिएको छ। केहिदिन अघि सम्म तीन हजार बिन्दु नाघेको नेप्से पछिल्ला केहि दिनयता निरन्तर ओरालो यात्रामा छ।
यस दिन कुल ३२५ स्टकको ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ रुपैयाँ बराबरको २ करोड २२ लाख ७ हजार १४२ कित्ता शेयर कारोबार भएकाो छ। सोमबार १० अर्ब ८२ करोड २४ लाख रुपैयाँको २ करोड ७१ लाख ६९ हजार कित्ता शेयर कारोबार भएको थियो।
आज सेन्सेटिभ इन्डेक्स ६.५१ अंकले घटेको छ। फ्लोट इण्डेक्स २.७७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.२६ अंकले घटेको छ।
यसदिन समाज लघुवित्त र उन्नी सहकार्य लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। समाज लघुवित्तको शेयर प्रतिकित्ता १० प्रतिशतले बढेर २७४८.२० रुपैियाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, उन्नती सहकार्य लघुवित्तको शेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेर २४९३.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यसदिन थ्रिस्टार लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। यस कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ९७.८५ रुपैयाँले घटेर ८८१.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ। ट्रेड टावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता ७५.९३ रुपैयाँले घटेर ९५७.२७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यसदिन हिमालयन रिइन्स्योरेन्स लिमिटेड, ट्रेड टावर, सिवम् सिमेन्ट र नाग्दी ग्रुप पावर लिमिटेडर बुटवल पावर कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment