एउटै वडाका तीन किशोरी एकैदिन बेपत्ता

डिसी नेपाल
२० साउन २०८२ १९:१५
856
Shares

दमौली (तनहुँ)। तनहुँको भानु नगरपालिकाबाट एकैदिन तीन किशोरी बेपत्ता भएका छन्। बेपत्ता हुने तीनै जना भानु नगरपालिका–२ भकुन्थोक निवासी रहेका छन्।

बेपत्ता हुनेमा १५ वर्षीया अस्मिता तामाङ, १६ वर्षीया सम्झना सुनार र १५ वर्षीया सीता सुनार रहेका छन्। सोमबार बिहान विद्यालय जान घरबाट निस्किएका उनीहरू विद्यालय नगई बेपत्ता भएका हुन्।

सोमबार साँझसम्म पनि परिवारको सम्पर्कमा नआएपछि परिवारले इलाका प्रहरी कार्यालय भानुमा खोजीका लागि निवेदन दिएका छन्। उनीहरूको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए। उनीहरूको मोबाइलको अन्तिम लोकेसन पोखरा देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.