अवरुद्ध कर्णाली राजमार्ग खुल्यो
जुम्ला। पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। लेदोसहितको पहिरोले सोमबार बेलुकी ७ः०० बजेदेखि अवरुद्ध कर्णाली राजमार्गअन्तर्गतको सडकखण्ड मंगलबार साँझदेखि सञ्चालनमा आएको हो।
कालीकोटको गगने खोलामा आएको पहिरोले बन्द भएको सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्ला प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए।
सडक खुलेपछि कर्णाली करिडोर र राजमार्ग हुँदै कालीकोट, जुम्ला, मुगु, बाजुरा हुँदै हुम्ला आउजाउ गर्न रोकिएका गाडी गन्तव्यतर्फ लागेका सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। गगने खोला कर्णाली राजमार्गको सबैभन्दा जोखिम र पहिरो गइरहने स्थान हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment