नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ आज देखि

डिसी नेपाल
२१ साउन २०८२ ९:०६
16
Shares

काठमाडौं । काठमाडौंको भृकुटिमण्डपमा आज ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु हुँदैछ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज बिहान ९ बजे एक्स्पोको भव्य उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहेको यस एक्स्पोमा ३५ नयाँ मोडल (१५ दुईपांग्रे, १५ चारपांग्रे, ५ कमर्सियल) सार्वजनिक हुँन लागेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) ले जनाएको छ ।

यो एक्स्पोमा विद्युतीय, इन्धनचालित र हाइब्रिड सवारीसाधनको प्रदर्शनी हुनेछ तर पार्टपुर्जा भने राखिने छैन । ७० देखि ८० हजार मान्छेले एक्स्पोको भ्रमण गर्ने अनुमान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.