विक्री भएन यार्सागुम्बा, संकलक र व्यापारी मारमा
oppo_2
मुगु । मुगुको मुगमकामारोङ्ग गाँउपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बाको कारोबारमा समस्या आएको छ। अन्तर्राष्ट्रियदेखि स्थानीय बजारमा मूल्य घटेका कारण व्यवसायीहरु मारमा परेका छन्।
संकलनकर्ता र ब्यापारीहरुबिच कारोवार नहुँदा करिब दुई क्विन्टर यार्सागुम्बा मुगुमै थन्किएपछि संकलक र ब्यापारी मारमा परेका हुन्। तथ्यांक अनुसार यार्सागुबाको बारोवार गत बर्षहरु भन्दा पछिल्ला बर्षहरुको घट्दो अवस्थामा छ।
आर्थिक बर्ष २०८०।०८१मा मुगुबाट ७९.२०७ केजी निर्यात हुँदा प्रति केजी ३१ हजार रुपैयाँको दरले २४ लाख ५५ हजार चारसय १७ रुपैया राजश्व संकलन भएको थियो। तर पछिल्लो आ.व २०८१।०८२मा २६.२ केजी निर्यात हुँदा ८ लाख १२ हजार २ सय रुपैयाँ राजश्व संकलन भएको देखिन्छ।
अवैध चोरी निकासी, परिपक्क उमेर नहुँदै संकलन, जनचेतनाको कमी, बन क्षेत्रमा आगलागी, जलवायु परिवर्तनका कारण यार्सागुम्बा उत्पादनका कम भएपछि कारोवार पनि घट्दै गएको देखिन्छ। तर संरक्षण र जन चेतनाका कार्यक्रमको तयारी भइरहेको डिभिजन वन कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख प्रकाश गिरी बताउँछन्।
गत वर्ष प्रतिगोटा यार्सागुम्बाको पाँचसयदेखि एक हजार प्रति केजीको १७ लाखदेखि १८ लाखसम्म कारोबार हुने गरेको थियो। तर यसबर्ष कारोबार घट्दा स्थानीयको दैनिक जीवनयापनमा समस्या भएको स्थानीय टारी लामाले बताए।
मुगुका बिभिन्न स्थानमा पाइने यार्सागुबा दुई क्विन्टल भन्दा बढी संकलन हुनेगर्छ। तर यसबर्ष मूल्य कम हुँदा कारोबार पनि घटेको मुगमकामारोङ्ख गाँउपालिका २ नम्बर वडा अध्क्षय च्यावा लामाले बताए।







डिसी नेपाल







Facebook Comment