हाडीगाउँमा गरियो फल्चा उद्घाटन, संस्कृति संरक्षणमा जोड
काठमाडौं । काठमाडौं महानगरपालिका-५ हाडीगाउँमा निर्माण गरिएको फल्चाको उद्घाटन गरिएको छ। शनिबार सम्पन्न एक कार्यक्रममा वडाध्यक्ष बिरेन्द्र प्रजापतिले फल्चाको उद्घाटन गरेका हुन्।
समारोहमा वडाध्यक्ष प्रजापतिले हाडीगाउँको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई संरक्षण गर्दै आधुनिक सुन्दर महानगर बनाउने उद्देश्यका साथ फल्चा निर्माण गरिएको बताए।
उनले भने, ‘हामी निर्वाचित भइसकेपछि सुन्दर महानगर बनाउने हाम्रो केन्द्रिय नीति अनुरूप हाडीगाउँलाई विशिष्ट पहिचान दिन प्रयास गरिरहेका छौं। यो ठाउँलाई जीवन्त बनाउनु हाम्रो लक्ष्य हो।’
उनका अनुसार फल्चा निर्माणमा करिब १५ देखि १६ लाख रुपैयाँ लागत लागेको छ। फल्चासँगै थप दुई संरचनाहरू पनि निर्माण गरिएको छ। वडाध्यक्ष प्रजापतिले फल्चा, पाटी, पौवा जस्ता परम्परागत संरचनाहरूलाई केवल भौतिक संरचना नभई सांस्कृतिक धरोहरका रूपमा समेत विकास गर्नुपर्ने बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment