उपलब्धि रक्षाका लागि परिवर्तनकारी शक्तिको भूमिका सम्बन्धमा नेता श्रेष्ठ र यादवबीच छलफल

डिसी नेपाल
२६ साउन २०८२ १३:४३
24
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच लोकतान्त्रिक उपलब्धिको रक्षा तथा समाजवादको दिशातर्फ अघि बढ्न परिवर्तनकारी शक्तिबीचको सहकार्य सम्बन्धमा छलफल भएको छ।

नेता श्रेष्ठको निवास हात्तीवनमा आज भएको छलफलमा उनीहरूबीच संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणमा संघर्षरत शक्तिको भूमिकाबारे विचारविमर्श भएको श्रेष्ठका सचिवालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.