एनआरएनए लेबनानको नेतृत्वमा पुन: थापा

डिसी नेपाल
१९ भदौ २०७६ १७:१५

काठमाडौँ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ( एनआरएनए/एनसीसी) लेबनानको नेतृत्वमाा पुन: अशोक थापा चयन भएका छन्। आइतबार सम्पन्न संघको सातौँ राष्ट्रिय महाधिवेशनबाट थापाले दोस्रो पटक अध्यक्षको जिम्बेवारी पाएका हुन्।

महाधिवेशनले उपाध्यक्षमा राम सिंह तामाङ्ग, महासचिवमा धमेन्द्र दाहाल, सचिवमा अर्जुन अधिकारी, कोषाध्यक्षमा हेम मगर, सहकोषाध्यक्षमा धना सुनारलाई चयन गरेको छ।

त्यस्तै युवा संयोजकमा कृष्ण घिमीरे, महिला संयोजकमा मन्जु मोक्तान, र सदस्यहरूमा सुन्दरी तामाङ्ग, देवीका तामाङ्ग र विनोद शर्मा निर्वाचित भएका छन्।

यसैगरी भुपु आईसिसी सदस्य डिल्ली पौड्याल, शत्रुघन मण्डल, नारायण दाहाल, सरु गुरुङ र इन्द्रानी गुरुङले एनसीसी लेबनानको सल्लाहकारको जिम्मेवारी पाएका छन् ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *