‘सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा युवाहरुले आफूलाई उभ्याउनु पर्छ’

डिसी नेपाल
२७ साउन २०८२ १०:१०
12
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली युवाहरुले सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा आफूलाई उभ्याउने विश्वास लिएको बताएका छन्।

मंगलबार अन्र्तराष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना दिदैँ उनले गरिबी, असमानता, जलवायु परिवर्तन र अन्य विश्वव्यापी चुनौती हल गर्दै दिगो विकासका लक्ष्य प्राप्ती तथा त्यसपछिको अवस्थाका लागि युवा समुदायको पहलकदमीलाई आत्मसात गर्दै युवाहरुले सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा आफूलाई उभ्याउने विश्वास लिएको बताए।

यस्तै, उनले माओवादी नेतृत्वको सरकारले युवालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सबल बनाउन विशेष प्राथमिकता दिएको भन्दै युवालाई केवल भविष्यको नेतृत्वको रूपमा होइन, वर्तमानकै निर्णायक शक्ति र परिवर्तनको अग्रदस्ताका रूपमा स्वीकार गर्नुपर्ने बताए।

उनले युवाहरूको ऊर्जाशीलता, सिर्जनशीलता, वैज्ञानिक सोच र परिवर्तनको आकांक्षा नै समृद्ध र समाजवादी नेपाल निर्माणको आधार भएको भन्दै यस अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आफ्नो सीप, ऊर्जा र विचारलाई जनताका पक्षमा, राष्ट्रको समृद्धि र समाजको रूपान्तरणका लागि प्रयोग गर्न आग्रह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *