सरकारले औचित्य गुमाउँदै गयो : शक्ति बस्नेत

डिसी नेपाल
२७ साउन २०८२ १७:१६
16
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले एक वर्षको अवधिमा वर्तमान सरकारले आफ्नो औचित्य गुमाउँदै गएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै बस्नेतले एक वर्षको अवधिको अवधिमा ठूला दल मिलेर गठन भएको वर्तमान सरकारले आफ्नो औचित्य गुमाउँदै गएको बताएका हुन्।

उनले भारतको उत्तराखण्डमा आएको बाढीमा बेपत्ता नेपालीहरूको खोजि कार्यका लागि सरकारले कुनै पहल गर्न नसकेको जिकिर गरे। उनले कुटनीतिक तवरबाट उक्त घटनामा बेपत्ता भएका नेपाली नागरिकको खोजीका लागि भइरहेको पहलका बारेमा सदनमा जानकारी दिन सरकारसंग माग गरे।

बस्नेतले मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर मात्रै नपुग्ने भन्दै सो क्षेत्रका जनतालाई सरकारी तवरबाट भएको राहत लगाएतका कामका बारेमा समेत जानकारी गराउन माग गरे।

उनले कैलाली कारागारमा भएको घटना सुरक्षाकमजोरीमात्रै नभइ सरकारको गैरजिम्मेवारपन व्यवहारको परिणाम भएको आरोप लगाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.