मदन भण्डारी स्मृति पार्कमा राष्ट्रिय युवा संघ नेपाल चितवनले गर्‍यो वृक्षारोपण

डिसी नेपाल
२७ साउन २०८२ १८:४३
16
Shares

चितवन । मदन भण्डारी स्मृति पार्क भरतपुर १७ गाँजीपुरमा वृक्षारोपण गरिएको छ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी चितवनले विश्व युवा दिवसको अवसर पारेर वृक्षारोपण गरेको हो। विभिन्न जातका फलफुल, फुल लगायतका विरुवा रोपिएको हो।

युवा संघको केन्द्रीय कमिटीको आह्वान बमोजिम ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको’ भन्ने नाराका साथ वृक्षारोपण गरिएको हो।

कार्यक्रममा मदन भण्डारीको शव फेला पार्ने दुई जना बहादुर थापा र कृष्ण राज ठकुरीलाई संघले आर्थिक सहयोगसहित सम्मान गरेको छ।

वृक्षरोपण कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज अमृता भट्टराई, अतिथिहरुमा एमाले चितवनका अध्यक्ष कमल राज पाठक, उपाध्यक्ष श्याम कुमार विष्ट, सचिव प्रकाश ढुंगाना, एमाले चितवनका लेखा आयोग अध्यक्ष शंकर अधिकारी, कालिका नगरपालिका प्रमुख विनोद रेग्मी, उपप्रमुख विमला तामाङ, नेकपा एमाले चितवनका युवा फाँट प्रमुख प्रताप डल्लाकोटी, युवा संघका प्रदेश एवम् जिल्लास्तरीय नेताहरूको उपस्थिति रहेको थियो।

वृक्षारोपण अघि औपचारिक कार्यक्रम गरिएको थियो। संघका अध्यक्ष झलकराज भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सन्तोष श्रेष्ठले स्वागत मन्तव्य, सचिव उत्तम सेढाईले सञ्चालन र उपाध्यक्ष मधुपर्क श्रेष्ठले सहजिकरण गरेकी थिइन्।

राजनीतिसँगै सामाजिक कार्यमा सक्रिय रहेको युवा संघ चितवनले यही साउन ३० गते रक्तदान कार्यक्रम पनि गर्दै छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *