बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत

डिसी नेपाल
२७ साउन २०८२ १९:४१
324
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

उनको पक्षमा ६३ मत प्राप्त भएको छ भने विपक्षमा २२ मत प्राप्त भएको छ। ९२ जना प्रदेश सभा सदस्य बैठकमा उपस्थित थिए।

बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनी आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाउँदै मुख्यमन्त्री बनेका थिए।

मुख्यमन्त्री बानियाँले एक सातापछि आज विश्वासको मत लिएका हुन्। बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली काँग्रेस र नेकपा एमालेले ह्विप जारी गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *