बडिमालिका धार्मिक आस्थाको केन्द्र र पर्यटकीय हिसाबले भूस्वर्ग हो : मुख्यमन्त्री शाह

डिसी नेपाल
२८ साउन २०८२ १३:४३
16
Shares

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले बडिमालिका संरक्षण क्षेत्रसम्मको असहज आवागमनलाई सहज बनाउन विभागीय मन्त्रालयलाई निर्देशन दिएका छन्।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगती समीक्षा गोष्ठीको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचारप्रसार भएको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकासम्मको आवागमनलाई सहज बनाउन निर्देशन दिएका हुन्।

उनले बडिमालिका दर्शन गर्न गएका मध्ये दुई जनाको निधन भएको प्रति गहिरो दु:ख व्यक्त गर्दै यसै वर्षभित्र काम सम्पन्न हुने गरी सो क्षेत्रमा प्राविधिक टोली खटाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएका हुन्।

बडिमालिका क्षेत्रमा भौतिक संरचना निर्माण खटिएको नेपाली सेनालाई धन्यवाद दिँदै मुख्यमन्त्री शाहले बडिमालिका सुदूरपश्चिमको धार्मिक आस्थाको केन्द्रविन्दु र पर्यटकीय हिसाबले भूस्वर्ग रहेको बताए।

उनले वन क्षेत्रबाट संकलित काठ विक्री गर्ने वन पैदावार बोलपत्र आह्यवान गरी लिलाम गर्नुपर्ने र मन्त्रालयले कुनै पनि कार्य टेण्डरमार्फत गर्नुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.