अमेरिकामा नेपाली व्यवसायीले जिते ५ लाख डलरको व्यावसायिक मुद्दा

डिसी नेपाल
२९ साउन २०८२ १८:४९
4.2k
Shares

वाशिंटन। अमेरिकाको नर्थ क्यारोलाइना राज्यका स्थानीय उद्यमी रविन कार्कीले पाँच लाख डलर बराबरको मुद्दा अदालतबाट जितेका छन्।

२५ वर्षअगाडि अमेरिका आएका रविन्द्र कार्की नर्थ क्यारोलाइनामा नेतृत्व तहका समाजसेवी एवं सफल व्यवसायीको रूपमा चिनिन्छन्। उनलाई उनकै पूर्व व्यवसायी साझेदारले मुद्दा हालेका थिए।

डिसी नेपाललाई प्राप्त जानकारी अनुसार अदालतले कार्कीलाई सबै आरोपबाट मुक्त पनि गरेको छ। साथै अदालतले कार्कीका पूर्व व्यापारिक साझेदारहरूलाई गम्भीर आर्थिक दुर्व्यवहारको लागि व्यक्तिगत रूपमा उत्तरदायी ठहराएको छ। अदालत फैसलापछि कार्कीले आफूले न्याय पाएको प्रतिक्रिया दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *