टप टी-२० सिरिजमा अस्ट्रेलियासँग भिड्दै नेपाल
काठमाडौं। बिहीबारदेखि अस्ट्रेलियामा सुरु भएको टप एन्ड टी-२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ। नेपालले घरेलु टिम नर्दर्न टेरिटोरी स्ट्राइकरसँग पहिलो प्रतिस्पर्धा गर्न लागेको हो।
यो खेल आज दिउँसो २ः१५ बजेबाट सुरु हुनेछ। रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम नेपाली टिमबाट खेल्दैछन्। यो सिरिजमा ११ टोलीको सहभागिता रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment