मौसमसम्बन्धी भ्रामक सूचना सम्प्रेषण भइरहेकोप्रति ध्यानाकर्षण

डिसी नेपाल
३० साउन २०८२ ९:०७
40
Shares

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागले हाल विभिन्न सामाजिक सञ्जाल तथा अन्य माध्यमहरूमा मौसम र बाढीसँग सम्बन्धित भ्रामक र अपुष्ट सूचनाहरू प्रसारण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता गलत सूचनाहरूले सर्वसाधारणमा अन्यौल सिर्जना गर्नुका साथै जनगुनासोहरूसमेत बढेको जानकारी दिएको छ । विभागका अनुसार मौसम तथा बाढी सम्बन्धी पूर्वसूचना अत्यन्त संवेदनशील विषय भएकाले आधिकारिक स्रोतबाट मात्र सूचना लिन र प्रचार गर्न सर्वसाधारण तथा सरोकारवालालाई आग्रह गरेकोछ ।

विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार, विभागले नियमित रूपमा मौसम र बाढीसम्बन्धी जानकारी आफ्ना वेबसाइट र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको छ ।

विभागले बिहीबार जारी गरेको सूचनामा भनिएको छ, ‘मौसम तथा बाढीसम्बन्धी पूर्व सूचना अति संवेदनशील विषय भएकाले तल उल्लेखित विभागको आधिकारिक वेबसाइटहरू तथा सामाजिक सञ्जालहरूमा प्रेषित सूचनाहरू प्रयोग गर्न आम सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवालामा हार्दिक अनुरोध गरिन्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.