महेन्द्र सिंह धोनीलाई भेट्न सुरक्षा घेरा तोडेर मैदान छिर्ने फ्यानको दुर्घटनामा मृत्यु
काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीका चर्चित फ्यानको दुर्घटनामा मृत्यु भएको छ । आईपीएलमा चेन्नई सुपर किंग्सको खेलमा सुरक्षा घेरा तोडेर मैदान छिरेर धोनीको खुट्टा ढोगेका उनी यो घटनापछि निकै चर्चित भएका थिए ।
धोनीका जय जानीको सडक दुर्घटनामा मृत्यु भएको हो । आईपीएल २०२४ को समयमा उनी नरेन्द्र मोदी स्टेडियममा खेलिएको खेलमा सुरक्षाकर्मीलाई छलेर मैदानमा पुगेका थिए। मैदानमा पुगेपछि उनले धोनीको खुट्टा ढोगे । अब यो फ्यानको मृत्युको खबरले क्रिकेट जगतलाई स्तब्ध बनाएको छ।
जानी ट्रयाक्टरमा आफ्नो खेतमा जाँदै थिए, अचानक ट्रयाक्टर पल्टियो र उनको मृत्यु भयो। जानी गुजरातको भावनगरको रबारिका गाउँका बासिन्दा हुन्। मानिसहरूले उनलाई धोनीको समर्थकको रूपमा चिन्थे। सामाजिक सञ्जालमा जानीको राम्रो फलोअर्स छ। इन्स्टाग्राममा उनको १८,००० फलोअर्स छन् र धोनी आशिक अफिसियल नामक युट्युब च्यानल पनि छ, जसको १३,००० भन्दा बढी सब्सक्राइबरहरू छन्।







डिसी नेपाल







Facebook Comment