कविता : एनआरएनए र एकता

60
Shares

जीवन, समाज र मानवता तीव्र गतिमा नयाँ उज्यालो चेतनाको युगमा प्रवेश गर्दै गर्दा हामी सबैले पहिला सद्भाव र एकता सबैतिर बढाउँदै लानुपर्छ, विदेशमा रहेका गैरआवासीय नेपालीहरूको अभिभावक संस्था गैर आवासीय नेपाली संघ (NRNA) को चुनावी माहोलमा मेरो कृति हृदयका स्पन्दनको कविता
“एनआरएनए र एकता”

मानव चोलाको सबैभन्दा अमूल्य सम्पत्ति “समय” लाई थाहैनपाई नष्ट गर्दै कतै हामी हाम्रो सिर्जना र उर्जालाई चुहावट गरिरहेका त छैनौं ?

यसको यथाशीघ्र समाधान होस्!
एकताको लागि शुभकामना सन्देश
एनआरएनका अभियन्ताहरूले गहिरो मनन् गरिदिनुहोला
हार्दिक धन्यवाद।

ए !
एनआरएनए !
तिमी कता ? हामी कता ?
कता गयो हाम्रो एकता ?
कहाँ हरायो हाम्रो एकता ?
एन् आर एन् ए का निर्माताले सुरुवात गरेको
सम्झौँ ती कथा व्यथा र सपना,
हामी सधैँ गरौं एकताको लागि कामना र जपना
जहाँ जहाँ हामी जान्छौं
जताजता हामी हुन्छौं
गरौँ एकता !

जहाँ व्यक्तिगत राग आउँछ त्यहाँ टुट्छ एकता
जहाँ व्यक्तिगत राग हट्छ
त्यहीं स्नेहका नयाँ अनुरागबाट निस्किएका
प्रफुल्ल परागहरू घुम्न थाल्छन्
सुवास लिएर
अनि त्यहीं हुन्छ अनौठो एकता !
जब आफ्ना कमी कम्जोरीहरू फालिन्छन्
त्यहीं उम्रिन्छ एकता !
जब आफ्ना कमी कम्जोरीहरू पालिन्छन्
त्यही विन्दुबाट हराउँछ बिलाउँछ एकता !

ए एनआरएन,
तिमी कता ?
एउटै मनले मात्रै बन्दैन एकता !
सयौँ मनहरूले बन्छ एकता,
जहाँ मनहरू जुट्छन् हुन्छ एकता
जहाँ मनहरू फुट्छन् टुट्छ एकता
त्यसैले मनको मनबाट गरौंँ एकता
त्यसैले मनको मनबाट गरौंँ एकता

एउटा हातले जोडिन्न एकता
सयौं हातले जोडिन्छ एकता
जहाँ हातहरू जुट्न उठ्छन्
त्यहीं हुन्छ एकता
जहाँ साथहरू छुट्छन्
त्यहीं टुट्छ, त्यही छुट्छ एकता !
जहाँ कदमहरू मिल्छन् त्यही अघि बढ्छ एकता !

ए !
एनआरएनए !
तिमी कता ? हामी कता ?
कता गयो हाम्रो एकता ?
हामी जहाँ जहाँ जान्छौ गरौँ न एकता !
टुट्दैन हाम्रो एकता, फुट्दैन हाम्रो एकता !
सिसा फुटे झैँ फुट्ने होइन हाम्रो एकता
चट्टान जस्तै बज्र र मजबुत छ हाम्रो एकता
रोकिन्न हाम्रो एकता
क्षणिक आँँधीबेहरी जस्तो हैन हाम्रो एकता
युग युगान्तर गुन्जाउने आवाज हो हाम्रो एकता

व्यक्ति, विचार
अनि
समूह समूहमा, सिद्धान्त,वाद र स्थानमा बाडिन्न हाम्रो एकता
क्षमतावान,लगनशील,अभियन्तालाई उठाउने,बढाउने,सघाउने हामी
लाखौँ डायस्पोराका नेपाली मनहरूको आत्मीय बन्धन
र सद्भाव हो हाम्रो एकता !

ए !
एनआरएनए !
तिमी कता ? हामी कता ?
कता गयो हाम्रो एकता ?
कहाँ हरायो हाम्रो एकता ?

नछिरोस् राजनीति यहाँ
यसले बनाउँँछ लाजनीति जहाँ
निस्वार्थ समाजसेवा हो यो
जहाँ
मन, वचन र कर्मले काम गर्नु छ त्यहाँ
यात्रा हाम्रो लाला मोेमो छ
सँधै, सँगै हिंड्नु छ
हाम्रो लक्ष्य निश्चित छ
अनि
यो टाढासम्मको छ

सबै मिलेर धेरै गर्नु छ
समृद्धिको यात्रा सँगै अगाडि लानु छ
ज्ञान, सीप र सिर्जनालाई फुलाउनु छ
विज्ञान र प्रविधिलाई उठाउनु छ
हाम्रो नयाँ पहिचानलाई विश्वमा पु¥याउनु छ
नयाँ पुस्तालाई बल र जिम्मेवारी दिनु छ
अब सबैको त्याग, साथसहयोग र सक्रिय सहभागिता चाहिएको छ
खेर नजाउन् ती संस्थापक र सबैका त्यागर बलिदानहरू
अझ धेरैधेरै गर्नु छ ।
व्यक्तिगत हठ छोडेर
सम्झौता होस् सद्भावको
सद्भाव र एकताको डुङ्गामा चढेर
हामीले धेरै टाढाटाढा पुग्नु छ !
एन्आरएन्ए सबैको साझा

सबै एन्आरएन्ए हुनुपर्छ

अब
एनआरएनए एक महत्वपूर्ण अभियान हो भन्ने कुरा मनन गरेर
नेपाल सम्पन्न भए
हामी पनि सँगै सम्पन्न हुन्छौँ भन्दै, हामी सम्पन्न भए नेपाल पनि सम्पन्न र समृद्धि हुन्छ भन्दै लागि परेर
दरिलो बनाऊँ एन्आरएन्एको एकता
दरिलो बनाऊँँ स्वदेशमा
दरिलो बनाऊँ विदेशमा
नेपालीहरूको एकता
नेपाली जातिको एकता
विश्वमा नै सबैभन्दा दरिलो बनाऊँ हाम्रो एकता
नेपाली भाषाभाषीको
सांस्कृतिक विविधतामा अडिएको
मलजल प्राप्त एकता
जहाँ जहाँ हामी जान्छौं, जहाँ जहाँ हामी हुन्छौं
अब सधैँ गरौँ एकता

कहिल्यै नटुट्ने, कहिल्यै नछुट्ने, कहिल्यै नफुट्ने
अनि
कहिल्यै पनि नतोडिने, कहिल्यै पनि नमोडिने बनाऔं हाम्रो एकता !
बनाऔं एनआरएनएको एकता
हरेक राष्ट्र र विश्वमा जहाँजहाँ हामी छौं
बनाऔं हाम्रो एकता

एक पल्टको नेपाली सँधैका लागि नेपाली भन्दै
एक पल्टको नेपाली सँधैका लागि नेपाली बन्दै
नेपालीका लागि नेपाली भन्ने नारा लगाउँदै
युगयुगसम्म सँगै बाचिरहूँ
युग युगसम्म सँगै हाँसिरहौं
सँगै उठाउँदै एकताको झन्डा सँगै नाचिरहौँ
जय ! नेपाली जातिको एकता
जय ! नेपाली भाषीको एकता !
जय नेपाल राष्ट्रको एकता
जय ! एन्आरएन्एको एकता !

हार्दिक धन्यवाद




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.