स्वास्थ्यकर्मी मृत फेला

डिसी नेपाल
२ भदौ २०८२ १२:३९
40
Shares

बैतडी। यहाँको एक स्वास्थ्य चौकीमा कार्यरत अनमी मृत फेला परेकी छन् । मृत फेला पर्नेमा पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्य चौकीमा कार्यरत अन्दाजी २४ वर्षीया अनमी भागरथी विष्ट रहेकी छिन् ।

बस्ने कोठामा आइतबार राति ८ बजेतिर विष्ट झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले बताए । पुर्चौडी–१० चौमाला घर भएकी मृतक विष्टका श्रीमान् नेपाली सेनामा कार्यरत रहेका र गत वैशाखमा मात्रै उनीहरुको विवाह भएको थियो ।

अनमी झुण्डिएको अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.