कर्णालीमा बुधबार सार्वजनिक विदा

डिसी नेपाल
३ भदौ २०८२ ११:२३
3.6k
Shares

सुर्खेत । कर्णाली प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले मंगलबार एक सूचना जारी गर्दै प्रदेशमा बिदा दिने निर्णय गरेको हो।

प्रदेश मन्त्रिपरिषद् बैठकबाट २०८१ को वैशाख १७ गतेको निर्णयअनुसार प्रदेशका सरकारी तथा सार्वजनिक संघसंस्थाहरूमा बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता एवं उचसचिव उत्तम गौतमले जानकारी दिए।

‘प्रदेश स्थापना तथा सहिद दिवसको उपलक्ष्यमा कर्काली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ-संस्थाहरूमा बुधबार विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.