पहिरोले महाकाली लोकमार्ग अवरुद्ध
खलंगा । सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्गअन्तर्गत खलंगा–गोकुलेश्वरखण्ड अवरुद्ध भएको छ।
मालिकार्जुन गाउँपालिका–३ रनेबास क्षेत्रमा आज बिहान परेको भीषण वर्षाले पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।
राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए। अवरुद्ध सडक खुलाउन खलंगाबाट उपकरण मगाएइएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment