नेप्से वृद्धिमा निरन्तरता, कारोबार रकम साढे ५ अर्बमा सिमित

डिसी नेपाल
३ भदौ २०८२ १६:१०
28
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज (मंगलबार) पनि नेप्से परिसुचक ६.५१ अंकले बढेर २७७६.९० बिन्दुमा पुगेर रोकिएको छ। सोमबार पनि नेप्से परिसुचक ९.१६ अंकले बढेर २७७०.३९ बिन्दुमा पुगेर रोकिएको थियो।

यसदिन कुल ३१६ स्टकको ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ रुपैयाँ बराबरको १ करोड ३१ लाख २४ हजार ३१० कित्ता शेयर कारोबार भएको छ। यसअघि सोमबार ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार २०९ रुपैयाँ बराबरको १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता शेयर कारोबार भएको थियो।

आज सेन्सेटिभ इन्डेक्स १.७३ अंकले बढेको छ। फ्लोट इण्डेक्स ०.४० अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.४९ अंकले बढेको छ।

यस दिन सान्भी इनर्जी लिमिटेडको शेयर मूल्य ४७.४९ रुपैयाँले बढेर ७२७.९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। पियोर इनर्जी हाइड्रो पावरको शेयर मूल्य प्रतिकित्ता ५३.१० रुपैयाँले बढेर ९२५.६१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। इस्र्टन हाइड्रो पावरको शेयर मूल्य प्रतिकित्ता २६.९० रुपैयाँले बढेर ६१४.७५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस्तै, सिटि होटल लिमिटेडको शेयर मूल्य २०.८७ रुपैयाँले बडेर ६०३.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यसदिन नारायणि विकास बैंकको शेयर मूल्य सबैभन्दा धेरै ६.१४ प्रतिशतले घटेर १४५९.२५ रुपैयाँमा कारोबार भएको छ। युनाइटेड मोदी हाइड्रो पावरको शेयर मूल्य ४.१८ प्रतिशतले घटेर प्रतिकित्ता ५८१.४१ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस दिन युनाइटेड मोदी हाइड्रो पावर, हिमालयन डिस्टिलरी लिमिटेड, राधी जलविद्युत कम्पनी र बुटवल पार कम्पनीको शयेर सबैभन्दा धेरै कारोबार भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.