एनआरएनए पोल्याण्डको नेतृत्वमा नरेश सापकोटा निर्विरोध

डिसी नेपाल
२० भदौ २०७६ १२:०३

काठमाडौं। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी)  पोल्याण्डको अध्यक्षमा नरेश सापकोटा निर्विरोध चयन भएका छन्।

संघको पाँचौ राष्ट्रिय महाधिवेशनले सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। अध्यक्षकै अर्का दाबेदार मित्रलाल पार्देले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि सापकोटा निर्विरोध निर्वाचित भएका हुन्।

महाधिवेशनले उपाध्यक्षमा  जीवन केसी र प्रकाश तिवारी, महासचिवमा कविन्द्र सुवेदी, सचिवमा शुसान परियार र कोषाध्यक्षमा भीम खड्कालाई चयन गरेको छ । त्यस्तै भीम परियार युवा संयोजक र संगीता लामा महिला संयोजकमा चुनिएका छन्।

त्यसैगरी नयाँ कार्यसमितिको सदस्यहरूमा अनिल थापा, ईश्वरा अर्याल, र सुरेन्द्र आर्चाय निर्वाचित भएका छन् भने, अन्तराष्ट्रिय समन्वय परिषद्  आईसीसी सदस्यमा डा बोधराज सुवेदी चुनिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *