तीन किलोभन्दा बढी गाँजासहित थिङ पक्राउ

डिसी नेपाल
३ भदौ २०८२ १७:३९
96
Shares

रौतहट । रौतहट प्रहरीले ३ किलोभन्दा बढी लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुर र प्रहरी चौकि रंगपुरको संयुक्त टोलीले गाँजा सहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गुजरा नगरपालिका-२ टोल बस्ने वर्ष ५५ को गोपाल बहादुर थिङ रहेको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश कुमार झाले बताए।

उनका अनुसार लागूऔषध गाँजा खरिद बिक्री बितरण गरी रहेको भन्ने विषेश सूचनाका आधारमा प्रहरी टोलि थिङको घरमा पुगेको हो।

घरको विभिन्न कोठामा लुकाइछिपाई राखेको ३ किलो ५० ग्राम लागूऔषध गाँजा बरामद गरिएको उनले जानकारी दिए।

प्रहरी टोलि नेपाली ७८ हजार ३५ र भारु ६१० रकम फेला पारेको जनाएको छ। पक्राउ परेका थिङलाई नियन्त्रणमा लिई थप अनुसन्धानको कार्य भइरहेको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *