बन्दुकसहित एक पक्राउ, एक जना फरार
डडेल्धुरा । आलिताल गाउँपालिका-४ रज्यौडा बस्ने दिपक सिजालीलाई भरूवा बन्दुक एक थानसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो। साथै प्रहरीले सोही ठाउँ बस्ने गगन बोहराको घर तलासी गर्दा भरुवा बन्दुक एक थान फेला पारी बरामद गरेको छ।
प्रहरीले हाल फरार गगनको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment