बाँदरको आक्रमणबाट एक जनाको मृत्यु

डिसी नेपाल
४ भदौ २०८२ १३:३०
836
Shares

काठमाडौं । बाँदरको आक्रमणबाट नुवाकोटमा एक जनाको ज्यान गएको छ। पन्चकन्या गाउँपालिका-२ कविलास कोटथोकका ५८ वर्षीय गोकर्ण नेपालीको बाँकदरको आक्रमणबाट मृत्यु भएको हो।

बाँदरको आक्रमणबाट घाइते भएका नेपालीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको बताइएको छ।

नेपालीलाई बुधबार बिहान बाँदरको हुलले आक्रमण गरेको थियो। आफ्नै घरबारी पसेका बाँदर धपाउने क्रममा उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.