अवरुद्ध काठमाडौं-मन्थली सडक एकतर्फी खुल्यो

डिसी नेपाल
४ भदौ २०८२ १३:४८
28
Shares

मन्थली । रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक मर्मतपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ।

पहिरोका कारण आज बिहानदेखि अवरुद्ध सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए। काठमाडौंबाट दोलखाको चरिकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातातका साधन उक्त सडक अवरुद्ध हुँदा बीच बाटोमै रोकिएका थिए। एकतर्फी रूपमा सडक सञ्चालनमा आएपछि बाटोमा रोकिएका सवारीसाधन आ–आफ्नो गन्तव्यस्थलतर्फ लागेको उनले बताए।

माथिबाट बगेर आएको लेदो र सडकमुनिबाट तामाकोशीले कटान गर्दा पुष्पलाल मार्गअन्तर्गत पर्ने चरिकोट–मन्थली सडक अवरुद्ध भएको थियो। सडकको तलबाट तामाकोशीले कटान गर्ने र माथिबाट पहिरो खसेपछि यहाँको सडक पटकपटक भासिने गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.