वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल र वरिष्ठ कलाकार आचार्य सम्मानित

डिसी नेपाल
४ भदौ २०८२ २२:३४
148
Shares

काठमाडौं। नेपाल प्रहरी श्रीमती संघले आज ४१औँ वार्षिकोत्सवका अवसरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिल र वरिष्ठ कलाकार हरिवंश आचार्यसहितलाई सम्मान गरेको छ ।

प्रहरी महानिरीक्षक दीपक थापाले उनीहरुलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरेका हुन्। सम्मानित हुनेमा समाजसेवी उत्तम पुडासैनी र रामबहादुर न्यौपानेसमेत रहेका छन्।

कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै संघले आफ्नो स्थापनाकालदेखि मानवसेवा एवं समाजसेवामा समर्पित भई उल्लेखनीय कार्यहरू गर्दै आएको बताए।

उनले आगामी दिनमा अझ निःस्वार्थ भावले सामाजिक, मानवीय एवम् परोपकारी सेवा प्रवाहमा निरन्तर रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी संस्थापक अध्यक्ष वसुन्धरा लामाले नेपाल प्रहरी श्रीमती संघकी महासचिव अनुश्री पाख्रिन, सामाजिक अभियन्ता कविता पौडेल पन्त, प्रहरी उपरीक्षक वसुन्धरा खड्का र प्रहरी नायब निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई सम्मानपत्र प्रदान गरिन्।

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रूपा थापाले संघका विभिन्न कार्यहरूमा सहयोग पुर्‍याउने संघका पदाधिकारी एवं प्रहरी कर्मचारीलाई प्रशंसापत्र प्रदान गरिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.