सर्लाहीमा महिला अधिकारकर्मीको धर्ना जारी, ‘बहुविवाहलाई प्रोत्साहन दिने कानून सहदैनौं’
सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा महिला अधिकारका लागि दबाब अभियान अन्तर्गत धर्ना जारी छ।
जिल्ला महिला अधिकारकर्मीहरूले दुई दिनदेखि सहीद चोकमा धर्ना बसेका हुन्।
धर्नामा सहभागीहरूले ‘बहुविवाह सहदैनौं’, ‘नारी शोषण बन्द गर’, ‘महिलाको संवैधानिक अधिकार सुनिश्चित गर’, ‘मेरो शरीर मेरो अधिकार’ जस्ता नारा लेखिएका पर्चा बोकेका थिए। सरकारले बहुविवाहलाई बढावा दिने गरी नयाँ कानून ल्याउन लागेको भन्दै उनीहरू आन्दोलित भएका हुन्।
महिला मानव अधिकार रक्षक सञ्जाल सर्लाहीकी अध्यक्ष रम्भा झाका अनुसार महिलामाथि थप पीडा पार्ने गरी कानुन ल्याउने तयारी भएपछि देशव्यापी अभियानको भागस्वरूप सर्लाहीमा पनि धर्ना कार्यक्रम सुरु गरिएको हो।
यसअघि एक दर्जनभन्दा बढी महिला अधिकारसम्बन्धी संघ–संस्थाले प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै महिलालाई विभेदमा पार्ने किसिमको कुनै कानुन नल्याउन चेतावनी दिएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment