उखु किसानद्वारा काठमाडौं केन्द्रित आन्दोलन, माग पूरा नभएसम्म आन्दोलन नरोक्ने

डिसी नेपाल
८ भदौ २०८२ १३:३६
24
Shares

काठमाडाैं। गत आर्थिक बर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानहरुले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन्।

उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समिति लगाएतले गत आर्थिक बर्षको उखुको वक्यौता अनुदान रकम प्रति क्वीन्टल ७० का दरले भुक्तानी गर्नुपर्ने भन्दै माइतिघरमा प्रदर्शन गरेका हुन्।

चालु आर्थिक वर्ष २०८२-८३ को बजेटमा उखुको अनुदानका लागि सरकारले आवश्यक बजेट विनियोजन नगरेपछि उखु किसानहरु अघिल्लो आर्थिक बर्षको अनुदान पनि नआउने हो कि भन्ने त्रासमा छन्। उनीहरुले गत वर्षकै अनुदानसमेत आधा कटौती गर्न लागेको आंशका गरेका छन्।

प्रदर्शनमा सहभागीहरुले एकतर्फी मूल्य स्वीकार छैन, उखु कृषक शोषण बन्द गर, उखु अनुदान भुक्तानी गर, मूल्य निर्धारणमा कृषकहरुलाई सहभागी गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका छन्।

कृषकहरुले सरकारले अनुदान रकम कटौती गरे अब उखु खेती गर्ने अवस्था नआउने जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.