तीजमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि व्यवस्थापनको तयारी अन्तिम चरणमा

डिसी नेपाल
८ भदौ २०८२ १७:४३
32
Shares

काठमाडौं। पशुपतिनाथ मन्दिरमा हरितालिका (तीज) पर्व– २०८२ को व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको पशुपति विकास कोषले जनाएको छ।

आइतबार पत्रकार सम्मेलन गर्दै कोषले तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको लागि एवम् हिन्दु नारीहरुको सेवा सुविधाका लागि आवश्यक व्यवस्थापन गरिएको जनाइएको छ।

पशुपति विकास कोषले सुरक्षा, स्वयंसेवा, चन्दनप्रसादको व्यवस्था, दर्शन मार्गको व्यवस्था एवं सुधार, जुत्ताचप्पल राख्ने ठाउँको व्यवस्था, आकस्मिक स्वास्थ्यसेवा, उपासना सहितको मनोरञ्जनात्मक गीत, संगीत (भजन किर्तन), दिपावली, व्रतालुहरुको गौदान गर्ने स्थानको व्यवस्था जस्ता कार्यक्रमहरुलाई सहज रुपमा सम्पादन गर्न कोषले व्यवस्थापनलाई अन्तिम चरणमा पुगेको जनाएको छ।

दर्शन गर्न आउने दर्शनार्थीहरुको सुविधाका लागि वाहिरी रुपमा चार स्थानबाट दर्शनमार्ग (दर्शन लाईन) को व्यवस्था गरी दर्शन गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.