उखु किसानहरुको आवाज र मागप्रति सरकार गम्भीर देखिएन : शक्ति बस्नेत

डिसी नेपाल
१३ भदौ २०८२ १४:४७
48
Shares

काठमाडौं । नेकपा माओवादीका सांसद शक्ति बस्नेतले विगत केही दिनदेखि सडकमा रहेका उखु किसानहरुको आवाज र मागप्रति सरकार गम्भीर नदेखिएको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारको जनविरोधी रवैया विरुद्ध उखु किसानहरु विगत केही दिनदेखि वर्षा र तीज जस्ता पर्वहरुको चिन्ता नगरी सडकमा धर्ना गरिरहेपनि सरकार उनीहरुको आवाज र मागप्रति गम्भीर नदेखिएको बताए।

साथै, उखु किसानले पाउँदै आएकोप्रति क्विन्टल ७० को अनुदान रकम घटाएर ३५ मात्र दिने सरकारले अर्को किसान विरोधी निर्णय गरेको पनि उनको भनाई छ।

उनले भने, ‘गत वर्ष उखु किसानले पाउनु पर्ने भुक्तानी करिब १ अर्ब ५० करोडभन्दा बढि अनुदान रकम आजसम्म सरकारले भुक्तानी गरेको छैन्। अझै किसानले पाउँदै आएकोप्रति क्विन्टल ७० को अनुदान रकम घटाएर ३५ मात्र दिने सरकारले अर्को किसान विरोधी निर्णय गरेको छ। सरकारको जनविरोधी रवैया विरुद्ध किसानहरु विगत केही दिनदेखि वर्षा र तीज जस्ता पर्वहरुको चिन्ता नगरि सडकमा धर्ना गरिरहेका छन्। तर सरकार उनीहरुको आवाज र मागप्रति गम्भीर देखिएको छैन्।’

यस्तै, उनले उखु किसानले पाउनुपर्ने गत वर्षको भुक्तानी रकम दिन र प्रति क्विन्टल अनुदान रकम ७० नै कायम राख्न पनि माग गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *