प्रहरी अतिरिक्त महानिरीक्षक शर्माको बिदाइ

डिसी नेपाल
१३ भदौ २०८२ २२:३४
132
Shares

काठमाडौं। नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) कृष्णहरि शर्माको आज एक कार्यक्रमकाबीच बिदाइ गरिएको छ।

आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक दीपक थापाले प्रहरी सेवाबाट सेवानिवृत्त हुन लागेका शर्माको बिदाइ गरेका हुन्।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले सेवानिवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक शर्माले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारिताका साथ सम्पन्न गरेको चर्चा गरे।

सो अवसरमा प्रहरी महानिरीक्षक थापाले सेवानिवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण हरि शर्मालाई मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रममा सेवानिवृत्त हुन लाग्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक शर्माले आफ्नो सेवा अवधिमा गरेका कार्यहरूको अनुभवसहितको मन्तव्य व्यक्त गरेका थिए।

सेवानिवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक शर्मा २०५२ साल कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए। प्रहरी अतिरिक्त महानिरीक्षक शर्मा उमेरहदका कारण यही भदौ १५ गतेबाट सेवानिवृत्त हुन लागेका हुन्।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.