एनआरएनए साउदी अरवको नयाँ नेतृत्वमा तेज बहादुर थापा निर्विरोध

डिसी नेपाल
२१ भदौ २०७६ ११:०५

साउदी। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/ एनसीसी) साउदी अरवको नयाँ नेतृत्वमा तेज बहादुर थापा चयन भएका छन् ।  शुक्रबार सम्पन्न संघको सातौँ राष्ट्रिय महाअधिवेशनले थापाको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो।

सन् २००९ देखि एनआरएनए साउदी अरवमा क्रियाशील रहेका थापाले २ कार्यकाल महासचिवको जिम्मेवारी सम्हालेका थिए। त्यस्तै उनी पत्रकारितामा पनि सक्रिय छन्। थापाले डिसी नेपालका लागि साउदी प्रतिनिधिको रुपमा काम गर्दै आएका छन्।

महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा धुव्र कुमार रिजाल, उपाध्यक्षमा विशाल कुमार श्रेष्ठ, रोशन कुमार श्रेष्ठ र भोलानाथ पौडेल, महासचिवमा उमेश भट्टराई, कोषाध्यक्षमा सन्तोष लुइँटेल, सहकोषाध्यक्षमा योगेन्द्र बहादुर श्रेष्ठ, महिला संयोजकमा रविना अर्याल र युवा संयोजकमा राज कुमार श्रेष्ठलाई चयन गरेको छ।

त्यस्तैगरी सदस्यहरूमा बालकृष्ण पँगेनी, नरेन्द्र बहादुर कार्की, विष्णु प्रसाद पोखरेल, चन्द्रमणि भण्डारी, सत्या नारायणी केसी, विष्णु प्रसाद न्यौपाने र राम बहादुर क्षेत्री  निर्वाचित भएका छन्।

कार्यक्रममा सहभागी हुन् आईसीसीको तर्फबाट संघका उपाध्यक्ष कुमार पन्त साउदी पुगेका थिए।नवनिर्वाचित कार्यसमितिलाई पन्तले शपथ खुवाउँदै बधाई दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *