सुर्खेतमा गाईगोरु अलपत्र पार्ने नगर प्रहरी प्रमुख बोगटी समातिए

डिसी नेपाल
२१ भदौ २०७६ १३:५०

काठमाडौं। १२ भदौमा सुर्खेतको जंगलमा गाईगोरु अलपत्र पारेर फरार नेपालगञ्ज उपमहानगरका नगर प्रहरी प्रमुख सूर्य बोगटी पक्राउ परेका छन् ।

बोगटीसँगै अर्का एक जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस अगाडि नै ट्रक चालकहरू शत्रुधन चौधरी, दामोदर केसी, सागर विक, विवेक कुँवर, हिमबहादुर जिसी र सहचालक अमृत चौधरी र कृष्णबहादुर बिसीलाई पक्राउ गरी ‘गोवध’ मुद्दाका लागि छानबिन गरिरहेको हो ।

उनीविरुद्ध सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । सुर्खेतमा ३६ मृत गाई फेला परेको छ भने घाइतेलाई नेपालगञ्जस्थित काञ्जी हाउसमै फिर्ता पठाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *