कार्यवाहक प्रधानमन्त्री सिंह र विश्‍व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच भेटवार्ता

डिसी नेपाल
१७ भदौ २०८२ १४:०३
28
Shares

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह र विश्‍व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच भेटवार्ता भएको छ। सहरी विकास मन्त्रालयमा भएको भेटमा विश्व बैंक र मनत्रालयबीच नयाँ परियोजनामा सहकार्यका बारेमा छलफल भएको छ।

वृहत्तर लुम्बिनी क्षेत्र विकास आयोजना र काठमाडौंमा सहरी भौतिक पूर्वाधार निर्माण, फोहोर मैला व्यवस्थापन, नदि स्वच्छतालगायतका विषयमा छलफल भएको छ। भेटमा उपाध्यक्ष जोहानेस जुटले मनत्रालयले दूई स्थानमा केन्द्रीत भएर योजना अघि बढाउन खोज्नु राम्रो भएको भन्दै सहकार्यका लागि विश्व बैंक सकारात्मक रहेको बए।

विश्व बैंकले लुम्बिनी, काठमाडौं उपत्यकाको सहरी पूर्वधार, वातावरणीय प्रदूषण न्यूनीकरण र नदि र वायु स्वच्छताको क्षेत्रमा सहयोग गर्ने बताए। यस भेटवार्ताले नेपाल सरकार र विश्व बैंकबीचको साझेदारीलाई अझ सुदृढ गर्ने विश्वास व्यक्त गरिएको छ।

कार्यवाहक प्रधानमन्त्री सिंहले सहरी विकास मन्त्रालयका आयोजनामा विश्व बैंकसँग भइरहेको सहकार्यका लागि आभार व्यक्त गर्दै नयाँ योजनामा पनि थप सहकार्य हुने विश्वास व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.