रास्वपा कार्यालयमा धर्ना दिँदै शिक्षक नेताले भने- रमिता देखाइयो भन्नेलाई जवाफ हो

डिसी नेपाल
१७ भदौ २०८२ १४:१०
1.4k
Shares

काठमाडौं । नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय वनस्थलीमा धर्ना दिएको छ।

आन्दोलनरत महासंघले पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत राजनीतिक दलका कार्यालयमा धर्ना दिने क्रममा मंगलबार रास्वपाको पार्टीका कार्यालयमा धर्ना दिएको हो।

शिक्षा विधेयक सच्याउन माग राख्दै महासंघले विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिँदै आइरहेको छ।

धर्नामा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले धेरैले महासंघले रमिता देखाएको भनेर प्रतिक्रिया दिएकोमा आपत्ति जनाउँदै रमिता देखाउने सोचबाट भन्दा पनि विद्यालय शिक्षाको उन्नती लागि महाअभियानमा आफूहरू जुटेको बताए।

विधेयकलाई उल्टो बाटो हिडाएको कारण त्यसलाई सुल्टो बाटो हिडाउन आफूहरुले माग गरेको उनले बताए।

उनले भने,‘विधेयकलाई उल्टो बाटो हिडाइएको छ। त्यसलाई सुल्टो बाटो हिडाउनुपर्यो भन्ने माग हो। चैत्र बैशाखको आन्दोलनलाई पनि मानिसले रमिता भनेको थिए। तर, यो लोकतन्त्र हो र यहाँ आफूलाई लागेको बोल्न पाइन्छ। तर रमिता देखाउने सुविधा हामीलाई छैन्। विद्यालय शिक्षाको उन्नती लागि र भोलीको गुणस्तर विद्यालय शिक्षाको लागि एउटा महाअभियानमा छौं।’

यसअघि कांग्रेस, एमाले र माओवादी, नेकपा एसको कार्यालयमा महासंघले धर्ना दिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.