पाल्पामा १७ वर्षकी सपनाले प्रेमीसँग रातभरी जंगलमा बिताइन्, बिहान प्रेमी घर गए तर…

डिसी नेपाल
२१ भदौ २०७६ १६:४८

पाल्पा । पाल्पाको तानसेन नगरपालिका वडा नं.७ मा जंगलमा झुण्डिएको अवस्थामा युवतीको शव फेला परेको छ । रस्साकी १७ वर्षीया सपना बि.क.को बुधवार दिउँसो बाँसटारी नजिकैको जंगलमा झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

झुण्डिएको शवको प्रकृति आत्महत्या नभई आत्महत्याका लागि बाध्य बनाइएको वा हत्या गरेर झुण्ड्याएको पनि हुन स्थानीय तथा परिवारको आशंका र आत्महत्याको लागि बाध्य बनाइएको हुनसक्ने भन्दै पीडित परिवारको उजुरी दिएको थियो । उजुरीकै आधारमा बुधवार १८ गते नै शुद्धोधन गाउँपालिका वडा नं. ६ बस्ने १८ वर्षीय लोक नारायण खनाललाई जिल्ला प्रहरी कार्यालय पाल्पाले नियन्त्रणमा लिएको छ ।

खनाललाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको एस.पी कृष्णराज सापकोटाले बताएका छन् । शवलाई बिहीवार जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टम गरिएको छ । घटनाबारे सत्य तथ्य अनुसन्धान गर्ने बारे प्रहरी र स्थानीय जनप्रतिनिधि तथा पिडित परिवार बीचको मौखिक सहमतिको आधारमा परिवारले शव बुझेका हुन् ।

तीजको दिन बिहान ११ बजेतिर सपना घर नजिकैको प्रभास भन्ने ठाउँमा तीज मेला हेर्न भनेर घरबाट एक्लै निस्केकी हुन् । सपना मेला हेर्न नगई उनका प्रेमीलाई भेट्न गएको र उनका प्रेमी खनाल बुटवलबाट उनलाई भेट्नकै लागि पाल्पा आइपुगेका थिए ।

उनीहरु बाँसटारीमा भेट भए र नजिकैको जंगलमा पुगे । आरोपित खनालका अनुसार १६ गतेको रात उनीहरुले सोही जंगलमै बिताएको देखिन्छ । सपनाको घरमा भने १६ गते साँझबाट खोजी भयो । उनी नफर्केपछि उनको खोजी गर्ने क्रममा सपनाकी साथी मार्फत सपनाको प्रेमी रहेको थाहा पाएपछि प्रेमीलाई सम्पर्क गरि पिडित परिवारले पाल्पा बोलाए ।

पिडित परिवारले पटक पटक टेलिफोन गरेपछि उनी १८ गते दिउँसो बुटवलबाट पुनः बाँसटारी आइपुगे । आफुहरु सित भेट नभै प्रेमी एक्लै जंगलतिर गएर उनले सपना ज्युउँदो नहरेको बताउदै घरका हवुरबुवालाई जंगलमै वोलाए र उनीहरुले १६ गतेको रात बिताएको स्थानमा पुग्दा नजिकैको रुखमा झुण्डिएको अवस्थामा सपनाको शव फेला परेको उनका हजुरबुवा एक नारायण चुडारले बताए ।

शवमा रगतको डाम समेत देखिएकोले पनि शारीरिक सम्वन्धपछि उनको हत्या गरि झुण्ड्याइएको हुन् सक्ने भएकोले सत्य तथ्य अनुसन्धान गरी दोषीलाई कानुन बमोजिम कारवाही हुनुपर्ने उनले माग गरेका हुन् । सपना स्थानीय बिद्यालयमा कक्षा १० मा अध्ययनरत थिइन् ।

प्रहरीले भने आत्महत्या दुरुत्साहन मुद्दा लगाएर आरोपितबारे अनुसन्धान अगाडि बढाएको छ । बिहीवार नै उनको जिल्ला अदालत पाल्पाबाट ५ दिनको म्याद थप भएको छ । घटनाको यथार्थ बिवरण भने आउन सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *