विद्यार्थीमैत्री शिक्षा विधेयक माग गर्दै विद्यार्थी नेता एमाले पार्टी कार्यालयमा

डिसी नेपाल
१८ भदौ २०८२ १२:५५
32
Shares

काठमाडौं । विद्यालय शिक्षा विधेयकलाई विधार्थीमैत्री बनाएर मात्रै अगाडी बढाउनुपर्ने माग राख्दै विद्यार्थीहरूले एमालेको ध्यानाकर्षण गराएका छन्।

विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टी जनाउदै संयुक्त विद्यार्थी संगठनले बुधबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा एमाले प्रमुख सचेतक महेश बर्तौलालाई ध्यानाकर्षण पत्र बुझाएको हो।

प्रस्तावित विद्यालय शिक्षा विधेयक नेपालको संविधान २०७२ र आम नागरिकको नैसर्गिक अधिकारविरूद्ध रहेको उनीहरूको आरोप छ।

साथै उनीहरूले नेपालको शिक्षालाई चरम निजीकरणतर्फ धकेल्दै सार्वजनिक शिक्षालाई तहसनहस पार्ने स्थिति सिर्जना भएको भन्दै नि:शुल्क र समान शिक्षाको माग गरेका छन्।

विद्यार्थी संगठनको ज्ञापन पत्र बुझ्दै एमाले प्रमुख सचेतक बर्तौलाले विद्यालय शिक्षा विधेयक सदनमा पेश भइसकेको अवस्थामा सकेसम्म जायज सुझावका बारेमा छलफल गर्ने आश्वासन दिए।

संयुक्त विद्यार्थी संगठनले आफूहरूका मागका बारेमा सुनुवाई नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *