प्रधानमन्त्री ओली बेइजिङबाट स्वदेशका लागि प्रस्थान

डिसी नेपाल
१८ भदौ २०८२ १६:०९
76
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सक्काएर स्वदेश प्रस्थान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार ६ बजे नेपालका लागि प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री ओली चीनको तियानजिनमा शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किन लागेका हुन्।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले (एससीओ) को शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए भने कैयौं महत्वपूर्ण भेटवार्ता समेत गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *