राप्रपामा कुनै गुटउपगुटको समस्या छैनः अध्यक्ष लिङ्देन

डिसी नेपाल
२० भदौ २०८२ २०:३९
44
Shares

लमजुङ। राष्ट्रिय प्रजान्तन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न पार्टीमा गुटउपगुट हुँदा समस्या देखिएको भन्दै राप्रपामा गुटउपगुटको समस्या नभएको बताएका छन्।

बेँसीसहर नगरपालिका–७ मा आज आयोजित राप्रपा लमजुङको जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै उनले राप्रपा एकताबद्ध रूपमा अघि बढेकाले कुनै समस्या नरहेको धारणा राखे।

देश र जनताका लागि संघर्ष गर्दै आएको पार्टी भएकाले एकता र समन्वयमार्फत जनहितलाई केन्द्रमा राखेर राप्रपाले काम गर्ने अध्यक्ष लिङ्देनले उल्लेख गरे। प्रत्यक्ष जनताले चुनेर कार्यकारिणी प्रधानमन्त्री हुनुपर्ने माग आफ्नो पार्टीको रहेकामा उनले जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.