एकाबिहानै प्रचण्डले लमजुङमा भेटे सहिद परिवार

डिसी नेपाल
२२ भदौ २०८२ ९:११
48
Shares

लम्जुङ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लम्जुङ भ्रमणका क्रममा शनिबार बिहान भोर्लेटारमा मर्निङ वाक गरेका छन् ।

यस क्रममा उनले जनयुद्धका सहिद राममणी भट्टराईको घरमा पुगेर परिवारसँग भेटघाट गरे । सहिद भट्टराईको तस्बिरमा माल्यार्पण गर्दै अध्यक्ष प्रचण्डले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

त्यसपछि अध्यक्ष प्रचण्ड नेतृत्वको टोलीले श्री ईशानेश्वर माध्यमिक विद्यालयको अवलोकन पनि गरेको थियो। विद्यालयको भौतिक संरचना र शैक्षिक गतिविधिबारे अवलोकन गर्दै उनले विद्यालयप्रति चासो व्यक्त गरे ।

अध्यक्ष प्रचण्डको मर्निङ वाकका क्रममा स्थानीय बासिन्दाको सहभागिता हुनुका साथै ठाउँ ठाउँमा स्थानीयले स्वागत गरेका छन।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *