जेनजीको प्रदर्शनलाई बालेनको समर्थन
काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि हुने प्रदर्शनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले समर्थन जनाएका छन्।
उनले सामाजिक सञ्जालमार्फत उमेर हदका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि समर्थन रहेको बताएका हुन्।
‘भोलिको र्याली स्पष्ट स्वस्फूर्त रुपमा जेनजीको हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसका लागि म पनि अझै बुढो देखिन्छु। मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ,’ बालेनले लेखेका छन्, ‘भोलि यो स्वस्फूर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला! म उमेर हदको कारण जान मिलेन, तर उहाँहरूको कुरा बुझ्न जरुरी छ, मेरो भरपूर समर्थन छ।’
उनले ‘प्रिय जेनजी भन्नुस् तपाइँहरुले कस्तो देश देख्न चाहनुहुन्छ?’ भन्दै प्रश्नसमेत गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment