जेनजीको प्रदर्शनमा अवस्था हेरेर सुरक्षा व्यवस्थापन गरिनेछ : एसपी बोहरा

डिसी नेपाल
२३ भदौ २०८२ १०:३८
24
Shares

काठमाडौं। आज काठमाडौंको माइतीघर मण्डलामा जेनजी पुस्ताले भ्रष्टाचार विरुद्धको प्रदर्शन गरिरहेका छन, जसका लागि नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रदर्शन स्थलको सुरक्षा व्यवस्था कडा पार्न काठमाडौं प्रहरी परिसरका सुचना अधिकारी तथा एसपी अपिल बोहराको नेतृत्वमा प्रहरी परिचालन भएको छ। जसका लागि अवस्था हेरेर सुरक्षाकर्मीहरु तैनाथ गरिने बोहराले नेपाल न्यु बैंकलाई जानकारी दिए।

उनले भने, ‘भ्रष्टाचारविरुद्धको प्रदर्शन स्थलमा सुरक्षा व्यवस्था मिलाउनका लागि हामी अवस्था हेरेर प्रहरी परिचालन गर्ने छौं। अहिले लगभग यति भनेर भन्न सक्ने अवस्था छैन। के कस्तो हुन्छ त्यसरी सुरक्षा व्यवस्थापन गरिनेछ।’

सुरक्षाका लागि सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पनि खटाइनेछन्। प्रहरीले प्रदर्शनको स्वरूप हेरेर सुरक्षा रणनीति परिवर्तन गर्ने योजना बनाएको छ।

भिडको अवस्थाअनुसार थप सुरक्षाकर्मी परिचालन गरिनेछ। सुरक्षा संवेदनशीलताका कारण परिचालित गरिने सुरक्षाकर्मीको सङ्ख्या सार्वजनिक गरिएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.