समाचार संकलनमा खटिएका चार पत्रकार घाइते

डिसी नेपाल
२३ भदौ २०८२ १६:५५
36
Shares

काठमाडौं। ‘जेनजी’ प्रदर्शनको समाचार संकलनमा खटिएका चार पत्रकार घाइते भएका छन्। नयाँ बानेश्वर क्षेत्रमा विरोध प्रदर्शनको समाचार संकलन गर्न खटिएका पत्रकारहरु श्याम श्रेष्ठ, दीपेन्द्र ढुंगाना, उमेश कार्की र शम्भु दंगाल घाइते भएका नेपाल पत्रकार महासंघले जनाएको छ।

घाइते पत्रकारको ट्रमा सेन्टर, पाटन अस्पताल र सिभिल अस्पतालमा उपचार भइरहेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले घाइते पत्रकारको अवस्थाबारे जानकारी लिने काम भइरहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.