‘सायद मर्नु शहीद हुनु हो भने हामी सबै धेरै अघि नै शहीद भइसकेका छौँ’

डिसी नेपाल
२३ भदौ २०८२ १७:५३
1.4k
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा पूर्वराष्ट्रिय क्रिकेट कप्तान पारस खड्काले हरेक क्षेत्रमा व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न नसक्दा समस्या आउने गरेको औंल्याएका छन्।

सोमबार सामाजिक सन्जालमा लेख्दै उनले जेनजी पुस्ताको प्रदर्शनका क्रममा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले हरेक क्षेत्रमा व्यक्तिगत स्वार्थ भन्दा उठ्न नसकेकोे बताए।

उनले हाम्रो देश, नाम मात्रको मात्र देश भएको बताएका उनले जता हेरे त्यतै निराशा, काम भन्दा भाषण बढी भएकोमा दुःख व्यक्त समेत गरे। उनले गलत र सही मूल्यांकन नभएको सामाजिक मानसिकता नभएको समेत बताए।

उनले लेखेका छन्,‘हाम्रो देश, नामको देश, जता हेरे,त्यतै निराशा, काम भन्दा भाषण बढी, गलत र सही मूल्यांकन नभएको सामाजक मानसिकता, हरेक क्षेत्रमा व्यक्तिगत स्वार्थ भन्दा उठ्न नसकेको मेरो देश ,मृत्यु हुनेप्रति हार्दिक श्रद्धाञ्जली। शहीद भएका छन्, धेरैलाई बनाइएको छ, सायद मर्नु शहीद हुनु हो भने, हामी सबै धेरै अघि नै शहीद भइसकेका छौँ। निशब्द।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.