हवाई उडान सामान्य
काठमाडौं। ‘जेनजी’ प्रदर्शनले काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनिरहँदा मुलुकको हवाई उडान भने नियमित सञ्चालन भइरहेको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार आन्तरिक र अन्तरराष्ट्रिय दुवै उडान सामान्य रहेको छ। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले हवाई उडानमा कुनै समस्या नरहेको बताए।
आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन्। अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन्। काठमाडौं बाहिरका विमानस्थलमा पनि हवाई उडान सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ।
‘जेनजी’को प्रदर्शनले काठमाडौंका ठाउँठाउँमा सडक अवरोध हुँदा आवागमनमा समस्या भएको छ। विशेषगरी कोटेश्वर, नयाँबानेश्वर, माइतीघर, थापाथली, रत्नपार्क, नयाँ सडक, रामशाहपथ, पुतलीसडकलगायत क्षेत्रको सडकमा सवारी आवागमनमा अवरोध भएको छ।







डिसी नेपाल







Facebook Comment