ओलीप्रति बालेनको कटाक्ष : ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

डिसी नेपाल
२४ भदौ २०८२ ७:१६
1.0k
Shares

काठमाडौं।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कडा शब्दमा कटाक्ष गरेका छन् ।

जेनजी समूहको आन्दोलनमा सरकारले गरेको रबैयाप्रति कटाक्ष गर्दै बालेनले प्रधानमन्त्री ओलीप्रति कडा रुपमा आक्रोश व्यक्त गरेका हुन् । उनले प्रधानमन्त्री ओलीलाई ‘तँ’ शब्दमा नै सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलाई आतंकवादीको संज्ञा दिएका छन् ।

यस्तो छ बालेनको स्टाटस :

तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतंकबादी होस ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.