पोखरा महानगरको कार्यालयमा आगजनी

डिसी नेपाल
२४ भदौ २०८२ १३:४५
56
Shares

पोखरा । जेनजी आन्दोलनमा सहभागी युवाहरुले पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी र तोडफोड गरेका छन्।

महानगर कार्यालय अघि खटिएका सुरक्षाकर्मीलाई हटाएर आन्दोलनकारीले कार्यालय कब्जा गर्दै आगजनी र तोडफोड गरेका हुन्।

महानगरको कम्पाउण्डभित्र रहेका सवारी साधनलाई बाहिर ल्याएर आगजनी गरिएको छ भने सवारीसाधन तोडफोड गरिएको छ। अहिले महानगर क्षेत्र तनावपूर्ण बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.