कांग्रेस सांसद बजगाईंले दिए राजीनामा

डिसी नेपाल
२४ भदौ २०८२ १४:३९
180
Shares

काठमाडौ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पदबाट राजीनामा दिएका छन्।

गोरखाबाट प्रत्यक्ष निर्वाचित सांसद् बजगाईंले मंगलबार पदबाट राजीनामा दिएका हुन्।

विज्ञप्ति जारी गर्दै बजगाईंले भनेका छन्, ‘न्यायको विरोधमा र असफल प्रणालीको सट्टा जनताको पक्षमा रहँदै म संसद सदस्य पदबाट राजीनामा दिन्छु।’

उनले साहसी युवाहरू र न्यायका लागि जीवन उत्सर्ग गर्ने समस्त सपुतहरूका आमाहरूको पूर्ण समर्थनको घोषणा गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.